SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

कोठाभरि रगत : आठ वर्षीय छोरा छटपटाइरहेका थिए, श्रीमतीले नै गरिन् श्रीमानको हत्या ?

भारत : भारत कर्नाटकको धारवाडबाट अत्यन्तै हृदयविदारक र स्तब्ध पार्ने घटना बाहिरिएको छ । यहाँ ४५ वर्षीय एक चिकित्सक आफ्नै अपार्टमेन्टमा धारिलो हतियार चक्कु प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा भेटिएका छन् । उनका आठ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा भेटिएका छन् । यस घटनामा प्रहरीले मृतककी श्रीमतीलाई मुख्य शंकास्पद व्यक्तिका रुपमा नियन्त्रणमा लिएको छ । उनी पनि पेशाले चिकित्सक (नेत्र रोग विशेषज्ञ) हुन् ।