वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालार्य पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–९ बस्ने दोलखा शैलुङ गाउँपालिका–४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका–४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन् ।
