SHARE
कालिका खबर · बिहीबार ३२ असार २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

कोशी सरकारबाट काँग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै

विराटनगर । कोशी प्रदेश सरकारबाट पनि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ । काँग्रेसका मन्त्रीहरूले आज राजीनामा दिने तयारी गरेका हुन् । यसअघि सुदूरपश्चिम प्रदेश सरकारबाट काँग्रेस बाहिरिएको छ । कोशीमा रहेका कांग्रेसका ४ मन्त्रीहरूले पनि आजै राजीनामा दिने तयारी गरेका हुन् ।