सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित
काठमाडौं : सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी सबै काम स्थगित गरेको छ। सर्वोच्चले सम्पत्ति विवरण संकलन तथा छानबिनको कार्य नगर्न अन्तरिम आदेश जारी गरेसँगै आयोगले आफ्ना काम हालका लागि स्थगित गरेको हो।न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार अर्को आदेश नभएसम्म कसैबाट पनि सम्पत्ति विवरण पेश गराउन वा पेश भएका विवरणमाथि कुनै पनि प्रकारको छानबिन नगर्न आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो।
