SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

पशुपतिमा साउने सोमबारको तयारी पुरा

काठमाडौं : साउन महिनामा आराध्यदेव भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा आवश्यक तयारी गरिएको छ । साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले लाखौं भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्दछन् । भक्तजनको सहजताका लागि आवश्यक सबै तयारी भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।साउनको सोमबार बोलबम यात्रीको पशुपतिनाथमा भीड लाग्छ ।