सरकारका गलत कामको आलोचना गर्दा ज्यान मार्नेसम्मको धम्की आयो : ऐन महर
काठमाडौं : नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको बिरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको बिरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका हुन् ।
