SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

ठूलो संकटमा थलपति विजय, सरकार बनेको दुई महिनामै किन परे विवादमा ?

भारत : भारत तमिलनाडुमा गत मे महिनामा भएको चुनाव जितेर थलपति विजयले राजनीतिमा दमदार प्रवेश गरेका थिए । तर सरकार गठन भएको दुई महिनामै उनको नेतृत्वको टीभीके सरकार गम्भीर विवादमा परेको छ । यसको कारण हालै राज्यमा भएको एउटा सनसनीपूर्ण घटना हो । तमिलनाडुको नागरकोइलस्थित एक जेलमा एक अपाङ्ग कैदीको न्यायिक हिरासतमा मृत्यु भएपछि राज्यभर राजनीतिक हलचल मच्चिएको छ । विपक्षी दलहरूले यस घटनालाई लिएर विजय सरकारमाथि कडा आलोचना गरेका छन् ।