पूर्व सांसद लक्ष्मी महतो कोइरी थुनामुक्त
महोत्तरी : महोत्तरीको गौशाला नगरपालिका–२ निवासी पूर्व सांसद लक्ष्मी महतो कोइरी कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन् । उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनुवाइमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको थियो ।तर सो फैसलाविरुद्ध नेपाल सरकारले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई ५ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।
