धादिङको जवाङ खोलामा सुक्खा पहिरो गएपछि दुईतर्फी यातायात अवरुद्ध
धादिङ : मुग्लिङ-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला क्षेत्रमा ढुंगासहितको सुक्खा पहिरो खसेपछि दुईतर्फी नै सडक अवरुद्ध भएको छ।पहिरोसँगै माथिबाट निरन्तर ढुंगा झर्ने क्रम जारी रहेकाले सयौं यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।
