SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

केहिबेरकाे बर्षाले काठमाडौंका सडक जलमग्न, यातायात अस्तव्यस्त

काठमाडौं : बिहीबार दिँउसोको बर्षाका कारण काठमाडौंका बिभिन्न सडक डुवानमा परेको छ । बर्षाका कारण काठमाडौंको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोरलगायतका बिभिन्न स्थानका सडक डुवानमा परेको हो ।बर्षाका कारण सबैभन्दा बढि व्यस्त रहने माइतीघर सडक डुवानमा परेको छ । माइतीघर क्षेत्रको पुरै सडक डुवान परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ । सडक डुवानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । काठमाडौंका केहि स्थानमा केहिबेरको बर्षाले पनि सडक डुवान हुने गरेको छ ।