SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

संघीयताका व्यवस्था परिमार्जन गरे राप्रपाले सरकारलाई सहयोग गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदललाई सशर्त समर्थन रहने जनाएको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफलका क्रममा राप्रपाका नेताहरुले सरकारले संघीयताका केहि व्यवस्था परिमार्जन वा बदल्न खोजेको भए आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धता जनाएको हो ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्था परिमार्जन गर्न वा बदल्न खोजेको भए सरकारलाई राप्रपाको सहयोग रहने प्रतिबद्धता जनाएको बताएका हुन् ।