शिक्षामन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता, के-के भयो कुराकानी ?
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल–जापान बीचको लामो समयदेखिको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। साथै, आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि विचार–विमर्श भएको थियो।
