SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं : नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका महेश्वर भक्त श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।प्रचलित कानुन र मापदण्ड मिचेर सरकारले नियुक्ति गरेको भन्दै निगमको सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले बिहीबार रिट दायर गरेका हुन्। कार्कीले कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर गर्न माग गरेका छन्।