अन्नपूर्णको सुपर एप ‘सम्पूर्ण’
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले डिजिटल कोसेली 'सम्पूर्ण' लन्च गर्ने भएको छ। अन्नपूर्ण पोस्ट् र ‘अकिन’को सहकार्यमा नेपालकै मिडिया क्षेत्रमा पहिलोपटक ‘सुपर एप’ लन्च गर्न लागिएको हो।नागरिकका लागि दिनानुदिन प्रयोगमा आउने विषयवस्तु समेटेर सम्पूर्ण सुपर एप लन्च गर्न लागिएको हो। शुक्रबार विशेष समारोहबीच सुपर एप सार्वजनिक गरिने अन्नपूर्ण मिडिया नेटवर्कले जनाएको छ। उक्त कार्यक्रमको होस्ट एआई गर्नेछ।सुपर एप पनि एआई प्रविधिमा आधारित छ।
