बाँदरको आक्रमणबाट विद्यालयबाट घर फर्किँदै गरेका विद्यार्थी घाइते
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेवमा बाँदरको आक्रमणबाट एकजना विद्यार्थी घाइते भएका छन्। छत्रदेव गाउँपालिका-४ मा रहेको कालिका बोडिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुदन खनाललाई विद्यालयबाट घर फर्किने क्रममा जाबुनडाडामा बाँदरले आक्रमण गरेको हो। घाइते सुदनको सन्धिखर्कमा उपचार गरिएको छ।स्वास्थ्यकर्मी लक्ष्मण नेपालीका अनुसार उनको बायाँ हातमा ८ वटा टाँका लगाइएको छ। हाल उनको अवस्था सामान्य रहेको छ।
