SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

कृषिप्रधान देश कि परनिर्भर देश ?

कृषिप्रधान देश भनेर मात्र के हुन्छ ? कृषिप्रधान देशका जनताले खानकै लागि विदेशको भर पर्नुपर्छ भने अब यो देशलाई ‘कृषिप्रधान’ भन्न छाडिदिए हुन्छ। हरेक वर्ष खेती लगाउने बेलामा न बीउबिजन पाइन्छ, न सिँचाइको व्यवस्था छ, न त समयमा मल नै उपलब्ध हुन्छ। समयमा पानी पर्दैन, परिहाल्यो भने पनि सबैतिर डुबान हुन्छ। ऋण काढेर गरेको खेतीले उल्टै ऋणको भार बढाउँछ।