सकारात्मक परिणामको अपेक्षा
झन्डै दुईतिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठन गरेलगत्तै भएका कामका सन्दर्भमा पक्ष, विपक्षमा बहस सुरु भएको छ। सुरुमै सरकारले निर्धा र निहत्था नागरिकमाथि कारबाहीको निशाना लगायो। बागमती किनारबाट होल्डिङ सेन्टरमा राखेका सुकुम्बासी ताँबोबाट उफ्रेर भुंग्रोमा परेझैं भएका छन्। होल्डिङ सेन्टरमै पनि डुबानमा परे। सरकारले कुनै व्यवस्था नगरी त्यही होल्डिङ सेन्टर पनि छाड्न लगाएको छ। तिनीहरूको पीडा बुझ्न खोज्नेहरू पक्राउ परेका छन्। सुकुम्बासीले आत्महत्यासमेत गरे।
