SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

किन विवादित बन्यो सम्पत्ति छानबिन आयोग ?

काठमाडौं : भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउने उद्देश्यले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग अहिले आफैँ संवैधानिक परीक्षणको कठघरामा पुगेको छ।आयोगविरुद्धको रिट निवेदनलाई सर्वोच्च अदालतले आयोगको वैधानिकता, अधिकार क्षेत्रलगायतका विषयवस्तु जोड्दै गम्भीर संवैधानिक विषय भएको ठहर गर्दै पूर्ण इजलासमा पठाएको छ। आयोगका सदस्य एवं प्रवक्ता गणेश केसी भन्छन्, ‘सर्वोच्चको अन्तरिम आदेशका कारण आयोगका कामकारबाही स्थगित भएका छन्।