११ घण्टापछि खुल्यो मुग्लिङ–काठमाडौं सडक
धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा बिहीबार साँझ करिब ६:३० बजे ढुङ्गासहितको ठूलो सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–काठमाण्डौ सडकखण्ड करिब ११ घण्टापछि पुनः सञ्चालनमा आएको छ।पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले सडक दुवैतर्फी रूपमा पूर्ण अवरुद्ध भएको थियो। जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय धादिङले काठमाण्डौ भित्रिने तथा बाहिरिने सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाएको थियो।
