SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

इरानमाथि अमेरिकाको लगातार छैटौँ दिन आक्रमण, हर्मूजमा तनाव कायमै

काठमाडौं : अमेरिकी सेनाले लगातार छैटौँ रात पनि इरानमाथि आक्रमण गरेको जनाएको छ। स्ट्रेट अफ हर्मूज (हर्मूज जलडमरुमध्य) माथिको नियन्त्रणलाई लिएर दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ।अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार यस आक्रमणको मुख्य उद्देश्य 'इरानको सैन्य क्षमतालाई थप कमजोर पार्नु' हो। यसका साथै, कमान्डले हर्मूज स्ट्रेटको नाकाबन्दी अन्तर्गत एक जहाजलाई आफ्नो नियन्त्रणमा लिएको समेत जानकारी दिएको छ।