व्यवसाय गर्ने कि देश छाड्ने ?
वर्तमान समयमा नेपाली युवामाझ एउटा गम्भीर प्रश्न उब्जिएको छ– ‘स्वदेशमै बसेर उद्यम गर्ने कि देश छाडेर पलायन हुने ?’ युवाहरूलाई स्वदेशमै रोक्ने र रोजगारी सिर्जना गर्ने दाबी गरिरहेको राज्यका नीतिहरू भने ठीक उल्टो देखिन्छन्। हालै शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा अघि सारिएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा नियमावली, २०८३’का प्रावधानहरूले शैक्षिक परामर्श (कन्सल्टेन्सी) क्षेत्रलाई नियमन गर्ने बहानामा चरम करकाप र त्रासमा धकेलेको छ।
