मर्न चाहेका थिएनन् उनीहरू, बाँच्ने आशा हराएको थियो
आत्मदाहलाई केवल मानसिक स्वास्थ्यको समस्यामा सीमित गरेर व्याख्या गर्नु जति खतरनाक छ, यसलाई राजनीतिक प्रतिरोधको रोमाञ्चक प्रतीकका रूपमा प्रस्तुत गर्नु पनि त्यत्तिकै गैरजिम्मेवार हुन्छ। असार २५ गते काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपाली हुन् वा असार २६ गते सर्लाहीका विवेक मण्डल, अथवा त्यसको भोलिपल्ट काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउत, तीनै जनाले अन्ततः उपचारकै क्रममा ज्यान गुमाए।
