SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह र जुत्ता व्यवसायीबीच विशेष छलफल हुँदै

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन्।प्रधानमन्त्री शाहले साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार मा उनीहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।