SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

चीनले २२ करोड अमेरिकी मतदाताको विवरण चोरी गरेको ट्रम्पको आरोप

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार केही गोप्य दस्तावेजहरू सार्वजनिक गर्दै सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा चीनले हस्तक्षेप गरेको दाबी गरेका छन्। अमेरिकी गुप्तचर निकायहरूले सो निर्वाचनमा बेइजिङले हस्तक्षेप गरेको कुनै प्रमाण फेला नपारेको स्पष्ट निष्कर्ष निकालेको भएपनि ट्रम्पले निर्वाचन सुरक्षाको मुद्दालाई पुनः ब्युँत्याएका हुन्।