प्रधानमन्त्री बालेनले जुत्ता उत्पादकलाई बोलाए
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले जुत्ता उत्पादक व्यवसायीहरूलाई छलफलमा बोलाएका छन्। शुक्रबार बिहान साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल आयोजना गरिएको हो। छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ। बैठकमा स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका विद्यमान चुनौती र नीतिगत सुधारका विषयमा ठोस छलफल हुने कार्यतालिका रहेको छ।
