करार कर्मचारी व्यवस्थापन गर्न सरकारको सात बुँदे निर्णयमा के छ ?
काठमाडौं : सरकारले स्वीकृत दरबन्दीभित्र करार सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकबाट संगठन तथा व्यवस्थापन सर्वेक्षणसँग सम्बन्धित निर्णयका आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित निकायलाई परिपत्र जारी गरेको हो।
