SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

मिटर ब्याजपीडित र सरकारबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुँदै

काठमाडौं : आन्दोलनरत मिटर ब्याजपीडित पक्ष र सरकारी वार्ता टोलीबीच शुक्रबार नै सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ । सिमरामा गृहमन्त्री र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने  तयारी भएको हो । यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र मिटर ब्याजीपीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता भइरहेको छ ।