ट्रकले ठक्क दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु
विराटनगर : मोरङको केराबारीमा एकजना वृद्धा महिलाको मृत्यु भएको छ । खसी धपाउँदै सडक काट्ने क्रममा टिपरले ठक्कर दिँदा शुक्रबार बिहान महिलाको मृत्यु भएको हो। दुर्घटनामा केराबारी गाउँपालिका–५ निवासी ७० वर्षीया विष्णुमाया मगरको ज्यान गएको हो । प्रहरीका अनुसार बालुवा बोकेर केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बिहान करिब ८:५० बजेतिर केराबारी–५ स्थित शान्ति चोकमा मगरलाई ठक्कर दिएको थियो ।
