SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

शैक्षिक परामर्श व्यावसायीले थाले सडक आन्दोलन

काठमाडौं : शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावलीका केहि प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यावसायीहरुले आन्दोलन सुरु गरेका छन् । परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावलीमा उल्लेख केहि प्रावधानले शैक्षिक परामर्श व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको पुतली सडकमा विरोध प्रदर्शन गरेका हुन् ।