SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

युक्रेनमा जेलेन्स्कीविरुद्ध किन भइरहेको छ प्रदर्शन ?

युक्रेन : युक्रेनमा रक्षामन्त्रीलाई पदबाट हटाइएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निर्णयविरुद्ध प्रदर्शन भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक हटाउने निर्णय गरेपछि नागरिक समाजमा ठूलो असन्तुष्टि देखिएको छ ।सांसदहरूले समेत यस निर्णयको विरोध गरेका छन् । बिहीबार बिहान राजधानी किभसहित युक्रेनका विभिन्न शहरमा अधिकांश युवा प्रदर्शनमा उत्रिएका थिए ।