SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

रेलको ठक्करबाट स्कुल भ्यान क्षत–विक्षत, कम्तीमा दुई बालबालिकासहित तीनको मृत्यु

भारत : भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लामा अत्यन्तै दुःखद घटना घटेको छ । शुक्रबार बिहान रेलवे क्रसिङ पार गर्ने क्रममा एउटा स्कुल भ्यानलाई यात्रुवाहक रेल (ट्रेन) ले ठक्कर दिँदा भ्यानमा सवार कम्तीमा दुई जना स्कुले बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । साथै एक जना अन्य व्यक्तिको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ । पूर्वी रेलवेका एक अधिकारीले घटनाको पुष्टि गरेका छन् ।रेलवे अधिकारीका अनुसार दुर्घटना शुक्रबार बिहान करिब ७ बजे भएको हो ।