SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

पेलेले विश्वकप फाइनलमा लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री

काठमाडौं : ब्राजिलका लिजेन्ड फुटबल खेलाडी पेलेले आफ्नो खेल जीवनको ऐतिहासिक क्षणमा लगाएको जर्सी ४९ लाख अमेरिकी डलर (करिब ६७ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ।  पेलेले सन् १९५८ को विश्वकप फाइनल खेलमा लगाएको उक्त १० नम्बरको जर्सीलाई विश्वप्रसिद्ध लिलामी गृह सोथबिजले बिहीबार न्यूयोर्कमा लिलामी गरेको हो। जुन जर्सी ४९ लाख अमेरिकी डलरमा लिलाम भएको छ । यो फुटबल इतिहासमै लिलामी प्रक्रियामार्फत बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी बनेको छ।