SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

स्वदेशी जुत्ता–चप्पल उद्योगको सरकारले प्रवर्द्धन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन्। शुक्रबार सिंहदरबारमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका पदाधिकारी र सदस्यसँग छलफल गर्दै प्रधानमन्त्री शाहले जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।