SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

लयमा फर्किदै सेयर बजार, नेप्से परिसूचक ७९अंकले बढ्यो, साढे ४ अर्बको कारोबार

काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ।  नेप्से परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेको छ।यसदिन ३३५ वटा स्क्रिप्सको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँमा खरिदबिक्री भए। नेप्से बढेसँगै कारोबार रकम पनि बिहीबारको तुलनामा वृद्धि आएको छ। अघिल्लो दिन बिहीबार ४ अर्ब ५६ करोड बराबरको कारोबार भएको थियो। बुधबार पनि सेयर बजार सकारात्मक देखिएको थियो।