सुर्खेतमा एक व्यक्तिलाई खुकुरी प्रहार गर्ने तीन जना पक्राउ
सुर्खेत । सुर्खेतमा एक जना व्यक्तिलाई खुकुरी प्रहार गर्ने तीन जना पक्राउ परेका छन् । बिहिबार राती वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले नजिकै रहेको भिजिट कर्णाली दोहोरी साझ बाहिर खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका हुन् । वीरेन्द्रनगर नगरपालिका–४ कालागाउँका ३३ वर्षीया जीवनकुमार शाहीसँगको सामान्य विवादमा शाहीलाई खुकुरी प्रहार गर्ने तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ का १८ वर्षीया भरत बोगटी, सोही ठाउँका १६ वर्षीया सुमन नेपाली र वीरेन्द्रनगर नगरपालिका–९ का १९ वर्षीया रोशन शाही रहेका छन् । त्यस्तै, घटनामा संग्लन रहेका पञ्चपुरी नगरपालिका–५ का २६ वर्षीया हरिश रोकाया फरार रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्दा शाहीको टाउकोमा चोट लागेको उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
