नारायणमान बिजुक्छेंको जेलका चिठीहरू अब चिनियाँ भाषामा
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ साहित्यकार नारायणमान बिजुक्छें (रोहित)द्वारा लिखित प्रसिद्ध कृति जेलका चिठीहरूको चिनियाँ अनुवाद संस्करण सार्वजनिक भएको छ। शुक्रबार भक्तपुरको लिबालीमा चिनियाँ भाषामा अनुवादित उक्त पुस्तकको लोकार्पण गरिएको हो ।काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ भाषा शिक्षकहरू चाङ होङवेई र प्रणय चित्रकारले यस कृतिको चिनियाँ भाषामा संयुक्त रूपमा अनुवाद गरेका थिए।
