झापामा ४ वटा औषधि पसल सिल
झापा : झापामा चारवटा औषधि पसल सिल गरिएको छ। औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा सञ्चालित औषधि पसलहरूको स्थलगत अनुगमनको क्रममा चारवटा औषधि पसल सिल गरिएको हो। संयुक्त अनुगमन टोलीले तीन दिनसम्म जिल्लाको भद्रपुर, बिर्तामोड, कचनकवल र दमकमा गरी ४७ वटा औषधि पसलको अनुगमन गरेका थिए।
