SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

नेपाल औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधिसमेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ।