SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

एक रुपैयाँ घुस खाएको थाहा पाएँ म आफैं एक्सनमा उत्रिन्छु : गृहमन्त्री गुरुङ

गोरखा : गृहमन्त्री सुधन गुरुङले कुनै कर्मचारीले एक रुपैयाँ घुस खाएको थाहा पाए आफैं एक्सनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूसँगको भेटमा उनले यस्तो चेतावनी दिएका हुन्।‘मेरो माताहतको देशभरिको कुनै कर्मचारीले एक रुपैयाँ मात्र, अझै एक सुकामात्र खाएको थाहा पाएँ भने म आफैं एक्सनमा उत्रिन्छु’, उनले भने, ‘धेरै पनि चाहिएन, एक रुपैयाँमात्र खाएको थाहा पाएँ भने अथवा बिचौलियाहरू यहाँ आएर मिलाउने, यताउता गरेको थाहा पाएँ भने।