SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन

काठमाडौं : नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा पाण्डेको निधन भएको हो ।उनी क्यान्सर रोगका बिरामी थिए। उनको अन्तिम संस्कार शनिबार गरिने परिवाजनले जानकारी दिएको छ।