SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

वेस्ट इन्डिजका महान क्रिकेट खेलाडी सर गारफिल्ड सोबर्सको ८९ वर्षको उमेरमा निधन

काठमाडौं : वेस्टइन्डिजका दिग्गज पूर्व अलराउन्डर सर गारफिल्ड सोबर्सको ८९ वर्षको उमेरमा निधन भएको छ । उनलाई क्रिकेट इतिहासकै सबैभन्दा महान् खेलाडीहरूमध्ये एक मानिन्छ ।सोबर्सले सन् १९५४ देखि १९७४ को बीचमा वेस्टइन्डिजका लागि ९३ वटा टेस्ट म्याच खेलेका थिए । यस अवधिमा उनले ८,०३२ रन बनाउनुका साथै २३५ विकेट समेत लिएका थिए । उनी आफ्नो आक्रामक देब्रेहाते ब्याटिङ र जुनसुकै शैलीमा बलिङ गर्न सक्ने अद्भुत क्षमताका लागि चर्चित थिए ।