हर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएकाे इरानको दाबी
काठमाडौं : इरानको हर्मुज जलडमरूमध्यमा दुईवटा तेल ट्याङ्करमा भीषण आगलागी भएको छ। इरानको सरकारी समाचार एजेन्सीले इस्लामी क्रान्तिकारी गार्ड कर्प्सलाई उद्धृत गर्दै शनिबार दिएको जानकारी अनुसार बारुदी सुरुङ (माइन) विछ्याइएको मार्गबाट अघि बढ्न खोज्दा ती ट्याङ्करहरूमा आगो लागेको हो।उक्त घटना लगतै गार्ड कर्प्सले एक विज्ञप्ति जारी गर्दै सो रणनीतिक जलमार्ग हाल अत्यधिक असुरक्षित भएको र यसलाई पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ।
