SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–७, खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ बजे सडकबाट करिब ५०० मिटर तल भीरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो। घाइते पाँचै जनालाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएको थियो।