SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

इरानमाथि लगातार सातौँ रात पनि अमेरिकी आक्रमण

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम सम्झौता 'सकिएको' घोषणा गरेयता अमेरिकी सेनाले इरानमाथि लगातार सातौँ रात पनि भीषण आक्रमण गरेको छ।अमेरिकी सैन्य सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको निर्देशनमा इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले यी हवाई आक्रमणहरू गरिएको जनाएको छ।