SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

विधिको शासनमा रहेर काम गर्न पहिला कानुनी जग बलियो हुनुपर्छ : मन्त्री गौतम

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विधिको शासनमा रहेर काम गर्न पहिला कानुनी जग बलियो हुनुपर्ने बताएकी छन्। सामाजिक अवस्था, मुलुकको शासन प्रणाली बदलिएपनि परिवर्तनअनुसार कानुनहरू अझै समयसापेक्ष बन्न बाँकी रहेकाले यस वर्ष कानुनी निर्माणको वर्ष बनाउने अभियान चलाउने बताएकी छन्। भिडियोमार्फत उनले कानुन सुधार तथा कानुन निर्माण वर्ष यो देशको कानूनी प्रणालीलाई समयानुकूल बनाउने एउटा राष्ट्रिय अभियान भएको बताइन्।‘नेपालमा प्रचलित धेरै कानूनहरू दशकौं पुराना छन्।