SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

सुपर एप मोडलमा नेपालमै पहिलो अन्नपूर्णको ‘सम्पूर्ण’

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले नेपालमा पहिलोपटक एआईमा आधारित डिजिटल प्लेटफर्म ‘सम्पूर्ण’ सुपर एप सार्वजनिक गरेको छ।ललितपुरमा शुक्रबार आयोजित विशेष समारोहमा अन्नपूर्णको सुपर एप सम्पूर्ण सार्वजनिक भएको हो। अन्नपूर्णले ‘परम्परा र प्रविधि सँगसँगै’ भन्ने नाराका साथ नयाँ एप ल्याइएको हो। काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन ‘बाणी’ नामको नेपाली एआईले नै गरेको थियो।