महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने बताएका छन् । ३३औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । मेयर साहले सानोमा हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको काम अहिले काठमाडौं महानगर प्रहरीले गर्दै आएको बताएका छन् ।
