SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

३ लाख बालबालिकाले खान्छन् स्वर्ण बिन्दु प्राशन

बुटवल : २५ वटा जिल्लामा मात्र सीमित रहेको स्वर्ण बिन्दु प्राशन कार्यक्रम अबदेखि सबै जिल्लामा विस्तार हुने भएको छ। एक वर्ष पूरा भएका र पाँच वर्ष उमेर ननाघेका बालबालिकाहरूका लागि जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्रहरू मार्फत खुवाइँदै आइरहेको स्वर्ण बिन्दु प्राशन सबै जिल्लामा विस्तार हुने भएको हो।बालबालिकाहरूको रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुने भएपछि स्वर्ण बिन्दुप्रति अभिभावकहरूको आकर्षण बढ्दै गएको पाइएको छ।