SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

पूर्वअर्थमन्त्री पौडेललाई छाड्न अदालतले लियो ५ आधार

काठमाडौं : सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ। सम्पत्ति शुद्धीकरण विभागाले २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरेको भए पनि अदालतले उनलाई थुनामा राख्न वा धरौटी माग गर्न आवश्यक ठानेन।