पतिको ‘परफेक्ट मर्डर’ का लागि एक वर्ष अनुसन्धान, सर्पलाई डसाएर हत्या
भारत : उत्तर प्रदेशको मेरठमा एउटा हृदयविदारक घटना घटेको छ । जहाँ एक महिलाले ड्राइभरसँगको प्रेम सम्बन्धका कारण आफ्नै पतिको हत्या गराएको आरोप लागेको छ । उनले पतिलाई दूधमा निद्राको औषधि मिसाएर खुवाइन् र विषालु सर्पले डसाएर हत्या गरेको बताइएको छ ।प्रहरीका अनुसार ती महिलाले करिब एक वर्षदेखि देशभर भएका पति हत्या घटनाहरूको अध्ययन गरिरहेकी थिइन् । उनले इन्टरनेटमा ‘परफेक्ट क्राइम’ अर्थात् प्रमाण नछोडी अपराध गर्ने तरिकाबारे जानकारी खोज्ने गरेकी थिइन् ।
